२५ असोज २०८३ English
English

पुस्तान्तरण विधि, प्रक्रिया र योग्यताका आधारमा क्रमशः हुन्छ: एमाले अध्यक्ष ओली

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पुस्तान्तरण विधि, प्रक्रिया र योग्यताका आधारमा क्रमशः हुन्छ: एमाले अध्यक्ष ओली
तस्बिर: राजधानी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण निश्चित विधि, प्रक्रिया र योग्यताका आधारमा क्रमशः हुँदै जाने बताएका छन्। एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएकाले यसमा धेरै लफडा गर्नु नपर्ने ओलीको भनाइ थियो। नयाँ पुस्ताले आन्दोलन होइन, तालिम लिनुपर्ने र पुस्तान्तरणका लागि अनुभव र योग्यता चाहिने उनले बताए। सोही भेलामा उनले आफूविरुद्ध विभिन्न किसिमका प्रहार भइरहेको पनि बताए।

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछिको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै ओलीले राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले साँघुरो मन देखाएको आरोप लगाए। सरकारी हेलिकप्टरको प्रयोग र उद्धार कार्यमा विगतमा कमजोरी भएको बताउँदै उनले सरकारी हेलिकप्टरलाई कुनै संस्थाको निजी सम्पत्तिजस्तो बनाउन नहुने र त्यस्ता घटना दोहोरिन नदिन आग्रह गरे।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार