पाकिस्तानको खैबर पख्तुनख्वामा सङ्कटकाल घोषणा

पाकिस्तानले उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वालाई सङ्कटकालीन कानुनअन्तर्गत राख्ने निर्णय गरेको राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ। कानुनमन्त्री आजम नजीर तारारले पत्रकार सम्मेलनमा प्रान्तीय सरकार भङ्ग गरिएको पुष्टि गर्नुभएको छ। खैबर पख्तुनख्वा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरिक–ए–इन्साफ, पीटीआईको गढ मानिन्छ।
त्यहाँ खानका हजारौँ समर्थकले उहाँको रिहाइ माग गर्दै र कठिन आर्थिक अवस्थाप्रति सरकारको आलोचना गर्दै प्रदर्शन गर्दै आएका थिए। प्रान्तमा लामो समयदेखि चलेको आन्दोलन र सरकारविरोधी प्रदर्शनपछि सङ्कटकालको निर्णय आएको हो। निर्णय सार्वजनिक भएलगत्तै पीटीआई सांसद जुनाइद अकबरले मुख्यमन्त्री सोहेल अफ्रिदी र पार्टीका प्रान्तीय अध्यक्ष पक्राउ परेको दाबी गर्नुभएको छ।
पक्राउबारे सरकारी प्रवक्ताले तत्काल प्रतिक्रिया दिएका छैनन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

