२६ असोज २०८३ English
English

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट

YouTube मा सब्स्क्राइब

हुलाक सेवा विभागले ऐतिहासिक व्यक्तित्व बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। असोज २५ गते सार्वजनिक भएको टिकटमा विभागले प्रथम दिवसीय टाँचा पनि लगाएको छ। प्रथम दिवसीय टाँचा लगाउने अवसर पाउनुभएका विक्रम तिमिल्सिनाले यसमा गर्व र सन्तोष लागेको बताउनुभएको छ।

उहाँले यो कदमलाई इतिहासलाई समावेशी दृष्टिले हेर्ने प्रयासका रूपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार यसले राष्ट्र निर्माणमा दलित समुदायको योगदानलाई उचित स्थान दिने सन्देश दिएको छ। राष्ट्रको इतिहास कुनै एक व्यक्ति वा समुदायले मात्र नबनाए पनि सबै योगदानकर्ताको सम्मान समान रूपमा हुन नसकेको तिमिल्सिनाको भनाइ छ।

दुई व्यक्तित्वलाई राष्ट्रिय पहिचान दिनु त्यही ऐतिहासिक रिक्तता पूर्ति गर्ने अर्थपूर्ण कदम भएको उहाँले बताउनुभएको छ। तिमिल्सिनाले टिकट प्रकाशनका लागि हुलाक सेवा विभाग र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार