२५ असोज २०८३ English
English

अस्ट्रेलियाली प्रधानमन्त्रीको नेपाली समुदायलाई दसैँ शुभकामना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अस्ट्रेलियाली प्रधानमन्त्रीको नेपाली समुदायलाई दसैँ शुभकामना

YouTube मा सब्स्क्राइब

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई बडादसैँको शुभकामना दिनुभएको छ। वक्तव्य जारी गर्दै उहाँले परिवार, साथीभाइ र समुदायसँग मिलेर खुसीसाथ दसैँ मनाउन शुभेच्छा व्यक्त गर्नुभएको छ। यस वर्षको दसैँ नेपाल र विश्वभरका नेपालीका लागि गहिरो दुःखका बीच आएको प्रधानमन्त्री अल्बानिजले उल्लेख गर्नुभएको छ।

सामान्य अवस्थामा दसैँ पुस्तौँदेखि माया र होसियारीसाथ सरेर आएको परम्परालाई सम्मान गर्ने अवसर भए पनि यो वर्ष अवस्था फरक रहेको उहाँको भनाइ छ। विनाशकारी बाढीले ल्याएको पीडा नेपाली समुदायले एक्लै बोक्नु नपर्ने भन्दै उहाँले आगामी महिनाहरूमा पुनःस्थापना र पुनर्निर्माणमा अस्ट्रेलियाले साथ दिने प्रतिबद्धता जनाउनुभएको छ। दसैँलाई असत्यमाथि सत्य र खराबमाथि असलको जितको प्रतीक भन्दै उहाँले सद्भाव, करुणा, उदारता र एकताबाट बल लिन आग्रह गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार