अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, सहचालकको घटनास्थलमै मृत्यु, चालक घाइते

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुराको चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ट्याक्टरका चालक घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परी ट्याक्टरका सहचालकको मृत्यु भएको हो। मृत्यु हुने पाल्पाको छहराका २२ वर्षीय युवक हुन्।
दुर्घटना हुने ट्याक्टरको नम्बर लु ४ त ९७१६ हो। घाइते चालकको उपचार भइरहेको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

