२५ असोज २०८३ English
English

कोहलपुरमा चार साहित्यकारलाई नगद पुरस्कारसहित सम्मान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कोहलपुरमा चार साहित्यकारलाई नगद पुरस्कारसहित सम्मान

YouTube मा सब्स्क्राइब

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले चार साहित्यकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। प्रतिष्ठानले शनिबार कोहलपुरमा आयोजना गरेको विशेष साहित्यिक समारोहमा उहाँहरूलाई पुरस्कृत गरिएको हो। प्रतिष्ठानका अनुसार प्रत्येक पुरस्कृत साहित्यकारलाई २० हजार रुपैयाँ नगद प्रदान गरिएको छ।

नेपालगञ्जका मुस्तफा अहसन कुरेसीलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८२ प्रदान गरिएको छ। प्युठानका विजयराज आचार्यले सोही वाङ्मय पुरस्कारको २०८३ को संस्करण पाउनुभएको छ। पत्रकारितामा समेत सक्रिय धनगढीका युवा साहित्यकार पुष्पराज जोशी ‘पुकार’ले कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ पाउनुभएको छ।

बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’ सोही युवा प्रतिभा पुरस्कारको २०८३ संस्करणबाट सम्मानित हुनुभएको छ। समारोहका प्रमुख अतिथि, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका पूर्वक्याम्पस प्रमुख प्राध्यापक डा. गोपालप्रसाद शर्माले चारै जनालाई दोसल्ला ओढाएर नगद र सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।

पुरस्कार वितरणसँगै कार्यक्रममा उपस्थित साहित्यकारले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो।

स्रोत

सम्बन्धित समाचार