२५ असोज २०८३ English
English

एनपीएल–३: बंगलादेशका अरिफुल इस्लाम कर्णाली याक्समा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल–३: बंगलादेशका अरिफुल इस्लाम कर्णाली याक्समा

YouTube मा सब्स्क्राइब

नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्सले बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ। छिटो रन बनाउने र आक्रामक ब्याटिङका लागि चिनिएका दायाँ हाते अरिफुलले बङ्गलादेशको १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन्। उनी बङ्गलादेशको हाइ पर्फर्मेन्स टोली र 'ए' टोलीमा पनि परिसकेका छन्।

अस्ट्रेलियामा सम्पन्न टप इन्ड टी–ट्वान्टी सिरिजमा उनले सात खेलमा दुई अर्धशतकसहित २१९ रन जोडेका थिए। उक्त प्रतियोगितामा उनको औसत ३६.५० र स्ट्राइक रेट १३८.६० रहेको थियो। सर्वाधिक रन बनाउनेको सूचीमा उनी तेस्रो स्थानमा थिए।

बङ्गलादेश प्रिमियर लिग, बीपीएलको अघिल्लो संस्करणमा उनले सिल्हेट स्ट्राइकर्सको प्रतिनिधित्व गरेका थिए। कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुलको आगमनले टोलीको ब्याटिङ पक्ष अझ बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ। अरिफुल यस सिजन कर्णालीमा जोडिने तेस्रो विदेशी खेलाडी हुन्।

स्रोत

सम्बन्धित समाचार