२५ असोज २०८३ English
English

आरएनजीसी बर्थडे कप गल्फ: अज्जर सिम्हा र अन्वद्या मल्ल विजयी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आरएनजीसी बर्थडे कप गल्फ: अज्जर सिम्हा र अन्वद्या मल्ल विजयी

YouTube मा सब्स्क्राइब

काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न गल्फ प्रतियोगितामा अज्जर सिम्हाले पुरुष र अन्वद्या मल्लले महिला वर्गको उपाधि जितेका छन्। क्लबको १०९ औं वार्षिकोत्सवको अवसरमा कार्ल्सबर्ग गल्फ क्लासिक तथा आरएनजीसी बर्थडे कपका नामले प्रतियोगिता गरिएको थियो। गोर्खा ब्रुअरीले आफ्नो ब्रान्ड कार्ल्सबर्गमार्फत यसको आयोजना गरेको हो।

असोज २३ र २४ गते दुई दिन चलेको प्रतिस्पर्धामा देशका विभिन्न भागका एमेच्योर गल्फरहरू सहभागी थिए। पुरुष वर्गमा सुरज श्रेष्ठ उपविजेता बनेका छन्। महिला वर्गमा सम्झना खत्रीले उपविजेताको स्थान हासिल गरेकी छन्।

सिनियर पुरुष वर्गमा युवराज गुरुङ विजेता र रविन्द्र मान श्रेष्ठ उपविजेता भएका छन्। समापनसँगै भएको पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो। नेपाली गल्फको ऐतिहासिक परम्परालाई सम्मान गर्दै खेलभावना र आपसी सद्भाव बढाउने उद्देश्यले प्रतियोगिता गरिएको थियो।

गोर्खा ब्रुअरीले कार्ल्सबर्ग ब्रान्डमार्फत नेपाली खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने गतिविधि गर्दै आएको छ। यस प्रतियोगितालाई नेपालमा गल्फ प्रवर्द्धन र निजी क्षेत्रसँगको सहकार्यसँग पनि जोडिएको छ।

स्रोत

सम्बन्धित समाचार