वातावरणीय सङ्कटप्रति नेताहरू गम्भीर भएनन्: पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले जलवायु परिवर्तन र वातावरणीय सङ्कटलाई विश्वका शक्ति राष्ट्र र नेपालका राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक नलिएको बताउनुभएको छ। शनिबार काठमाडौँमा नेपाल मधुमेही समाजको ३६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
वैज्ञानिक प्रमाणले पटकपटक सचेत गराउँदा पनि नीति बनाउने तहका नेताले विषयलाई हल्का रूपमा लिनु वा ‘झुट’ भन्नु दुर्भाग्यपूर्ण भएको उहाँको टिप्पणी छ। राष्ट्रपति रहँदा चुरे संरक्षणलाई उच्च प्राथमिकतामा राखेको स्मरण गर्दै डा. यादवले चुरे जोगिए मात्र हिमालको हिउँ र पहाडको पर्यावरण सुरक्षित रहने बताउनुभयो।
चुरेको विनाश नरोके तराईको उर्वर जमिन मरुभूमिमा बदलिने खतरा रहेको कुरा आफूले पटकपटक उठाउँदै आएको उहाँको दाबी छ। तर सरकार र कुनै पनि दलले आफ्नो सुझावलाई महत्त्व नदिएको उहाँको गुनासो छ। जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिकहरूको संस्थाले दिइरहेको चेतावनी र तथ्यमा आधारित प्रतिवेदनलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो।
अमेरिकालगायत केही मुलुकका शक्तिशाली नेताले वैज्ञानिक प्रतिवेदनलाई नै अस्वीकार गर्दा पृथ्वीको भविष्यमाथि थप सङ्कट थपिएको उहाँले उल्लेख गर्नुभयो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

