खोकनामा पुनर्निर्मित रुद्रायणी मन्दिरमा मूर्ति सार्ने तयारी, सिकाली जात्रा सुरु

ललितपुरको खोकनामा भूकम्पले पूर्ण रूपमा क्षति पुगेको रुद्रायणी मन्दिरको पुनर्निर्माण सकिएर आइतबार मूर्ति सार्ने तयारी गरिएको छ। वि.सं. २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएको मन्दिर प्राप्त विवरणअनुसार करिब ५ करोड १३ लाख रुपैयाँमा पुनर्निर्माण भएको हो।
त्यसमध्ये ललितपुर महानगरपालिकाले करिब ४ करोड ९५ लाख र स्थानीय सहयोगीले करिब १८ लाख रुपैयाँ जुटाएका थिए भने स्थानीयले श्रमदान पनि गरेका थिए। स्थानीय समिति, गुठी र विभिन्न निकायको साथले यही दसैँमा मन्दिर उद्घाटन गर्न सम्भव भएको ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले बताउनुभएको छ। पुरातत्त्व विभागले बजेट छुट्याए पनि प्रक्रिया झन्झटिलो भएकाले र महानगरले सहयोग घोषणा गरेकाले विभागको रकम नलिएको उहाँको भनाइ छ।
पुनर्निर्माणका क्रममा नेपाल मेडिसिटी अस्पतालले मन्दिर सुरक्षित राख्न स्काफोल्डिङ उपलब्ध गराएको थियो। दसैँ नमनाउने खोकनामा सिकाली जात्रा पनि सुरु भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


