दसैँका लागि उपत्यकाका ६ स्थानबाट ग्यास वितरण, अर्को कम्पनीको सिलिन्डर नसाटिएको गुनासो

दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ।
एलपी ग्यास उद्योग संघले उपत्यकाका ६ स्थानबाट ग्यास वितरण गर्ने र फरक–फरक कम्पनीका सिलिन्डर साटासाट गर्ने व्यवस्था मिलाएको हो। यो व्यवस्था आजदेखि लागू भएको हो।
यो व्यवस्थाअनुसार उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर लगेर ग्यास लिन पाउनुपर्ने हो।
तर, केही कम्पनीले अर्को कम्पनीको सिलिन्डर साट्न नमानेको उपभोक्ताले गुनासो गरेका छन्। जुनसुकै कम्पनीको सिलिन्डर साट्न नपाएको उपभोक्ताको भनाइ छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


