२५ असोज २०८३ English
English

बूढीगण्डकी बाढीले ४१३ मेगावाटका चार निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बूढीगण्डकी बाढीले ४१३ मेगावाटका चार निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति
तस्बिर: अनलाइनखबर

बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखाका चार निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक विवरणअनुसार क्षति पुगेका आयोजनाको कुल क्षमता करिब ४१३ मेगावाट छ।

बाढीले आयोजनाका क्याम्प, निर्माण उपकरण, पहुँच सडक तथा पुलमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा ठूलो भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगाएको छ।

कम्पनीमा कार्यरत १८ जना कर्मचारी भने भागेर सुरक्षित स्थानमा पुगेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार