नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभाबाट नगद लाभांश पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात् निफ्राका सेयरधनीले बैंकको चुक्ता पुँजीको करिब ५.२६ प्रतिशत बराबर नगद लाभांश पाउने भएका छन्। बैंकको आठौँ वार्षिक साधारणसभाले लाभांशसहित सभामा पेस भएका सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। साधारणसभा असोज २३ गते शुक्रबार काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वेटमा सेयरधनीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको हो।
सभाको अध्यक्षता बैंकको सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दहालले गर्नुभएको थियो। सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले समीक्षा अवधिसम्म बैंकले हासिल गरेका उपलब्धिबारे सेयरधनीलाई जानकारी गराउनुभएको छ। उहाँले चालु आर्थिक वर्षका लागि तय गरिएका योजना, लक्ष्य र आगामी रणनीतिबारे पनि सभालाई अवगत गराउनुभएको छ।
सभामा सञ्चालक समितिका सदस्यहरू बन्धुप्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दिपककुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता रायमाझी उपस्थित हुनुहुन्थ्यो। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सम्बन्धित पदाधिकारी पनि सभामा सहभागी हुनुहुन्थ्यो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

