२५ असोज २०८३ English
English

रोहितको शतक, नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रोहितको शतक, नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

YouTube मा सब्स्क्राइब

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा रोहित पौडेलको शतकको बलमा नेपालले २३६ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरात मैदानमा आइतबार भएको खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन जोडेको छ। चौथो क्रममा ब्याटिङ गरेका पौडेलले १२७ बलमा ८ चौका र १ छक्कासहित १०१ रन बनाएका छन्।

यो उनको एकदिवसीय करियरको तेस्रो शतक हो। यससँगै उनी एकदिवसीयमा नेपालका लागि सबैभन्दा धेरै शतक बनाउने खेलाडी बनेका छन्। पुछारतिर गुल्सन झाले ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन जोडेका छन्।

बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाएका छन् भने आसिफ शेख ४ रनमा र इशान पाण्डे शून्यमा आउट भएका छन्। सुरुमै विकेट गुमाएर दबाबमा परेको नेपाललाई पौडेल र अहमदले चौथो विकेटमा ७७ रनको साझेदारी गरेर सम्हालेका थिए। क्यानडाका अखिल कुमारले ४, सुखजिन्दर सिंहले ३ र जाहिद शिरजादले २ विकेट लिएका छन्।

अंकतालिकामा क्यानडा ३३ खेलमा २५ अंकसहित छैटौँ स्थानमा छ भने ३२ खेल खेलिसकेको नेपाल २४ अंक लिएर सातौँमा छ। ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष चारमा पुग्ने सम्भावना सकिएको छ, त्यसैले टोलीको ध्यान अब एकदिवसीय मान्यता जोगाउनमा छ। नेपालले यो अन्तिम शृङ्खलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ।

स्रोत

सम्बन्धित समाचार