२५ असोज २०८३ English
English

बेत्रावतीमा सेनाले बनाएको बेलिब्रिज सञ्चालनमा, नुवाकोट–रसुवा सडक यातायात सुचारु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेत्रावतीमा सेनाले बनाएको बेलिब्रिज सञ्चालनमा, नुवाकोट–रसुवा सडक यातायात सुचारु
तस्बिर: रातोपाटी

रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो बेलिब्रिज बनाएर सञ्चालनमा ल्याइएको छ।

नेपाली सेनाले बेत्रावतीको फलाकु खोलामा यो पुल बनाएको हो। बाढीका कारण प्रभावित सडक यातायात सहज बनाउन यो पुल निर्माण गरिएको हो।

पुल निर्माणसँगै आइतबारदेखि उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको छ। पुलबाट गाडी वारपार हुन थालेका छन्।

यो पुलले नुवाकोट र रसुवा जिल्लालाई जोड्छ। भदौ १० गतेको बाढीपछि यस खण्डमा सडक यातायातमा असर परेको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार