२५ असोज २०८३ English
English

भोटेकोशी बाढीपीडितका लागि दुई पालिकाको ६३ लाख सहयोग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी बाढीपीडितका लागि दुई पालिकाको ६३ लाख सहयोग

YouTube मा सब्स्क्राइब

काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि करिब ६३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। यसमध्ये पाँचखाल नगरपालिकाले करिब ४३ लाख रुपैयाँ र खानीखोला गाउँपालिकाले करिब २० लाख रुपैयाँ कोषमा दाखिला गरेका हुन्। पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार नगरको रकम तीन स्रोतबाट जुटाइएको हो।

नगरपालिका आफैँले १० लाख रुपैयाँ छुट्याएको छ भने जनप्रतिनिधि तथा कर्मचारीबाट करिब १३ लाख रुपैयाँ उठेको छ। सबैभन्दा ठूलो योगदान शिक्षकहरूको छ, जसबाट झन्डै २० लाख रुपैयाँ सङ्कलन भएको छ।

स्रोत

सम्बन्धित समाचार