बूढीगण्डकी बाढी: उङगिलुङ खोला क्षेत्रमा चार जना सम्पर्कविहीन, १५ याक बगे

गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा बाढी आएको छ। यो बाढीपछि चार जना सम्पर्कविहीन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उङगिलुङ खोला किनारका चारवटा गोठ बगेका छन्। ती गोठमा बाँधिएका १५ वटा याक र नाक पनि बगेका छन्। पशु हेर्न बसेका चार जनाको अवस्था अझै थाहा भएको छैन।
बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल र सोतीको पुल पनि बगाएको छ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार बाढीले माछीखोला र आसपासका क्षेत्रमा भौतिक संरचना र पूर्वाधारमा ठूलो क्षति गरेको छ। समयमै सतर्कता अपनाएकाले त्यहाँ मानवीय क्षति नभएको उनले बताएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


