२५ असोज २०८३ English
English

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने
तस्बिर: रातोपाटी

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्।

उनको संवाद सचिवालय निर्मल निवासले आइतबार सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। सूचनाअनुसार यस वर्ष विजया दशमीका दिन पूर्वराजाले सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने छैनन्।

विजया दशमीका दिन ठूलाबडाबाट टीका तथा जमरा थाप्ने चलन दसैँको मुख्य परम्परा हो। यस वर्षको बडादसैँ आइतबार घटस्थापनासँगै सुरु भएको छ।

निर्मल निवासको संवाद सचिवालयले आइतबार यो सूचना सार्वजनिक गरेको हो। सर्वसाधारणलाई टीका नलगाउने निर्णयको कारणबारे भने प्राप्त विवरणमा उल्लेख छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार