मौसम सुधारिएपछि धौलागिरि आरोहण पुनः सुरु

म्याग्दीको धौलागिरि हिमालमा मौसम खुलेपछि रोकिएको शरदकालीन आरोहण फेरि सुरु भएको छ। विश्वको सातौँ अग्लो, ८ हजार १६७ मिटरको धौलागिरि धवलागिरि गाउँपालिका–४ मुदीमा पर्छ। असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षा र भारी हिमपातले आधार शिविर हिउँले पुरिएपछि आरोहण स्थगित गरिएको थियो।
सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंका अनुसार कम्पनीका नेपाली र विदेशी गरी १४ जनालाई त्यतिबेला हेलिकप्टरमार्फत उद्धार गरी असोज ८ गते पोखरा ल्याइएको थियो। मौसम अनुकूल भएपछि अक्टोबर १ मा पोखराबाट फेरि हिँडेको टोली आधार शिविर हुँदै अहिले चुचुरोतर्फ उक्लिरहेको छ। बाटो सुरक्षित बनाउन डोरी टाँग्ने टोली क्याम्प दुईभन्दा करिब ४०० मिटर माथि पुगेको उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


