खानामा किरा भेटिएको उजुरीपछि ‘मन्त्र थकाली’ लाई साढे २ लाख रुपैयाँ जरिवाना

काठमाडौंको महाराजगञ्जस्थित चर्चित रेस्टुरेन्ट ‘मन्त्र थकाली’ (ग्रीन तारा हस्पिटालिटी प्रा.लि.) लाई सरकारले दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
खानामा किरा परेको भन्दै उपभोक्ताबाट उजुरी आएपछि रेस्टुरेन्टमा छापा मारिएको थियो। अनुगमनका क्रममा भान्छामा चरम फोहोर र अखाद्य कैफियत भेटिएको थियो।
खाना र फ्रिजमै साङ्ला र भुसुना भेटिएपछि रेस्टुरेन्टलाई उक्त रकम जरिवाना तिराइएको हो।
उपभोक्ताको उजुरीका आधारमा गरिएको अनुगमनपछि सरकारले रेस्टुरेन्टमाथि यो कारबाही गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


