इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैदेखि कांग्रेस बदल्छौँ: सभापति गगन थापा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने बताएका छन्। पार्टीको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभापति थापाले परम्परागत कार्यशैली बदलेर आजैदेखि कांग्रेसलाई बदल्ने प्रतिबद्धता जनाए। उनले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताए।
‘इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर इतिहास रच्छौँ,’ उनले भने। जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्नुपर्ने उनको भनाइ थियो।
यसैबीच, महाधिवेशनअन्तर्गत खुला उपसभापति र महामन्त्री पदको मतगणना जारी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


