२५ असोज २०८३ English
English

कांग्रेस संस्थापनइतर समूह: मंसिरको महाधिवेशनले पार्टी एकजुट बनाउने कोइरालाको दाबी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस संस्थापनइतर समूह: मंसिरको महाधिवेशनले पार्टी एकजुट बनाउने कोइरालाको दाबी

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले मंसिरमा हुने महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा अघि बढ्न बल दिने दाबी गर्नुभएको छ। शनिबार काठमाडौँ क्षेत्र नम्बर ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उक्त अधिवेशन यही समूहले बनाएको १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गत भएको हो। कोइरालाका अनुसार कांग्रेस अहिले पनि बलियो छ र अरू सबै शक्ति मिले पनि यसलाई पराजित गर्न सकिँदैन। कांग्रेसले सत्ताको दुरुपयोग नगर्ने र अरूलाई पनि गर्न नदिने उहाँको भनाइ छ।

राजनीति सत्ता भोगका लागि नभई जनसेवाका लागि हुनुपर्ने उल्लेख गर्दै उहाँले मूल्य र पद्धति कमजोर हुँदा पैसा हाबी भएको र चुनाव महँगो बनेको बताउनुभएको छ। सबैलाई मिलाउने क्रममा आफ्नै विचार धमिलो हुन नदिन र स्पष्ट नीतिमा अडिग रहन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो। बीपी कोइराला र मातृकाप्रसाद कोइरालासँग जोडिएको भारत छोडो आन्दोलनको प्रसंग सुनाउँदै उहाँले सत्य बोलेपछि त्यसको मूल्य चुकाउने साहस चाहिने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार