मतपेटिका विवाद मिलेपछि कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। मतपेटिकासम्बन्धी विवादका कारण रोकिएको मतगणना शनिबार ढिलो गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।
यसअघि उम्मेदवार र प्रतिनिधिहरूले एउटा मतपेटिका कम भेटिएको र दुईवटा मतपेटिकाको सिलबन्दी खुला अवस्थामा भेटिएको भन्दै प्रश्न उठाएका थिए। यही कारण मतगणना अघि बढ्न सकेको थिएन। विवाद मिलेपछि मतगणना सुरु गरिएको हो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतगणना सिसिटिभीको निगरानीमा भइरहेको छ। गणना तीन ठाउँमा भइरहेको छ। खुला प्रतिस्पर्धातर्फका उम्मेदवारको मतगणना शनिबार साँझ साढे ७ बजेदेखि सुरु भएको हो।
यसै महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भइसकेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


