२४ असोज २०८३ English
English

गलौँदीमा त्रिशूलीको कटानले सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गलौँदीमा त्रिशूलीको कटानले सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
तस्बिर: थाहाखबर

धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा त्रिशूली नदीको कटानले सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। गजुरी नजिकै काठमाडौँतर्फ पर्ने गलौँदी क्षेत्रमा सडक भासिएको हो।

सडक विभागका अनुसार आज राति ९ बजेदेखि एकतर्फी सवारी आवागमन सुरु गर्ने तयारी छ। राजमार्ग भोलि बेलुकादेखि मात्र दुईतर्फी सञ्चालनमा आउने जनाइएको छ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौँतर्फ खाद्यान्न बोकेर हिँडेका मालवाहक गाडी र यात्रुवाहक बस अलपत्र परेका छन्। सडक अवरुद्ध हुँदा चालक र यात्रु सडकमै बास बस्न र सडकमै खाना खान बाध्य भएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 24 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार