२४ असोज २०८३ English
English

कांग्रेस मतगणनामा विवाद: मतपेटिकामा प्रश्न उठेपछि उपसभापति र महामन्त्रीको गणना रोकियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस मतगणनामा विवाद: मतपेटिकामा प्रश्न उठेपछि उपसभापति र महामन्त्रीको गणना रोकियो
तस्बिर: इमेजखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना विवादका कारण रोकिएको छ। शनिबार दिउँसो सुरु भएको मतगणनाका क्रममा मतपेटिकाको अवस्थाबारे प्रश्न उठेपछि गणना रोकिएको हो।

एउटा मतपेटिका कम रहेको र दुईवटा मतपेटिकाको सिलबन्दी तोडिएको भन्दै विवाद सुरु भएको हो। सिल नगरिएको मतपेटिका भेटिएपछि मतगणना प्रभावित भएको छ। विवाद मिलाउने प्रयास भइरहेको सानेपा स्रोतले जनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे सुरु हुने भनिएको मतगणना तयारीमा ढिलाइ हुँदा ढिला गरी सुरु भएको थियो। निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारसँगको बैठक सकिएपछि मतगणना सुरु गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताएका थिए।

पहिलो चरणमा उपसभापति र महामन्त्री पदको मत गन्ने कार्यक्रम थियो। गणनाका लागि सानेपास्थित केन्द्रीय कार्यालयका १४ वटा कोठा तयार पारिएका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 24 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार