कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य, चार वर्षपछि सञ्चालन नियमावली पारित

कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य भएको छ। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा यस विषयमा जानकारी दिइएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।
अधिवेशन अन्त्य हुनुअघि शनिबार बसेको प्रदेशसभा बैठकले ‘प्रदेशसभा सञ्चालन नियमावली’ पारित गरेको छ। प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्षपछि मात्र प्रदेशसभा सञ्चालन गर्ने उक्त नियमावली पारित भएको हो।
संविधानको धारा १८३ को उपधारा (२) ले प्रदेश प्रमुखलाई प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने अधिकार दिएको छ। कोशी प्रदेश प्रमुखको कार्यालयले यही व्यवस्थाअनुसार नवौँ अधिवेशन अन्त्य गरिएको जनाएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


