२४ असोज २०८३ English
English

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, भ्रष्टाचारमा शून्य सहनशीलता र छाडेकालाई फर्काउने प्रतिबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, भ्रष्टाचारमा शून्य सहनशीलता र छाडेकालाई फर्काउने प्रतिबद्धता

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार शनिबार बिहान सकिएको मतगणनामा थापाले झन्डै ६ हजार ६ सय मत पाउनुभएको छ, जुन खसेको मतको करिब ९४ प्रतिशत हो। प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले करिब पौने ४ सय मत पाउनुभएको समितिले जनाएको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाइने बताउनुभएको छ। पार्टीमा आबद्ध भएकै आधारमा कसैले पनि अनियमिततामा उन्मुक्ति नपाउने उहाँको भनाइ छ। असन्तुष्ट भएर पार्टी छाडेका नेता, कार्यकर्ता र शुभेच्छुकलाई फर्काउने वातावरण बनाइने पनि उहाँले बताउनुभएको छ।

महाधिवेशनमा उठेका विचार समेटेर केन्द्रीय समितिको पहिलो बैठकले कार्ययोजना बनाउने उहाँले जानकारी दिनुभएको छ। निर्विरोध वरिष्ठ उपसभापति बन्नुभएका विश्वप्रकाश शर्माले थापालाई बधाई दिनुभएको छ। अन्य पदको मतगणना भने बाँकी छ।

स्रोत

सम्बन्धित समाचार