२४ असोज २०८३ English
English

दिल्लीमा प्रदर्शन: केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी प्रहरी नियन्त्रणमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दिल्लीमा प्रदर्शन: केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी प्रहरी नियन्त्रणमा
तस्बिर: नागरिक

भारतको राजधानी नयाँ दिल्लीमा भएको प्रदर्शनका क्रममा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीसहित एक हजारभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई जन्तर–मन्तरमा प्रदर्शन गर्न जाने क्रममा नियन्त्रणमा लिइएको हो।

'कक्रोच जनता पार्टी' (सीजेपी) ले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शन गरेको थियो। प्रदर्शनकारीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाएका छन्। प्रहरीले सीजेपीका प्रमुख नेता र नेहा बोरालाई पनि नियन्त्रणमा लिएको छ।

तृणमूल कांग्रेस (टीएमसी) का प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जालमार्फत पार्टी प्रमुख बनर्जीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्। दिल्लीस्थित केरल भवनबाहिर विरोध प्रदर्शन गरेपछि केरलका पूर्वमुख्यमन्त्रीलाई पनि प्रहरीले हिरासतमा लिएको छ।

नियन्त्रणमा लिइएपछि आम आदमी पार्टीका संयोजक केजरीवालले भिडियो जारी गर्दै देशका युवा जागिसकेको बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा तानाशाही भइरहेको आरोप लगाउँदै आफूहरू नडराउने बताए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 24 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार