बबरमहलको आकाशे पुल निर्माण अन्तिम चरणमा, असोज २८ देखि सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँको व्यस्त बबरमहल क्षेत्रमा निर्माणाधीन आकाशे पुल (पेडेस्ट्रियन ब्रिज) को निर्माण अन्तिम चरणमा पुगेको छ।
पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले यो आकाशे पुल निर्माण गरिएको हो। सडक डिभिजन काठमाडौँका अनुसार असोज २८ गते पुलको उद्घाटन गर्ने लक्ष्य राखिएको छ।
उक्त दिनदेखि नै आकाशे पुल सञ्चालनमा आउने जनाइएको छ। बबरमहल क्षेत्रमा सवारीसाधनको चाप धेरै हुने भएकाले सडक पार गर्न पैदलयात्रुलाई सहज बनाउन पुल निर्माण गरिएको हो।
पुल सञ्चालनमा आएपछि उक्त क्षेत्रमा पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


