हतारमा निर्णय नगर्न योगेश भट्टराईको ओलीलाई सुझाव

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने कुनै निर्णय नगर्न सुझाव दिएका छन्।
भट्टराईले केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन कायम गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका हुन्।
पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय नहोस् भन्ने उनको सुझाव छ। भट्टराईले एमालेको बैठकमा अनुपस्थित रहेर यस्तो सुझाव दिएका हुन्।
एमालेमा केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको प्रक्रिया अघि बढिरहेका बेला भट्टराईले यस्तो सुझाव दिएका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


