गलौँदीमा सडक खुल्यो, अहिलेलाई रोकिएका सवारी मात्र सञ्चालन
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौँदीमा शुक्रबार बेलुकीदेखि बन्द रहेको सडक खुलेको छ। अहिलेलाई बाटोमा रोकिएका सवारीसाधन मात्र सञ्चालन गरिएको छ।
सडक आज दिउँसोपछि मात्र पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।
सडक बन्द हुँदा घर पुग्ने आशामा शुक्रबार यात्रामा निस्किएका हजारौँ यात्रुले बाटोमै दुई रात बिताउनुपरेको छ। दसैँको मुखमा परिवारसँग भेटघाट गर्न हिँडेका यात्रु र बिरामी बोकेका सवारीसमेत बाटोमै अलपत्र परेका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


