२५ असोज २०८३ English
English

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरी जमरा राखिँदै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरी जमरा राखिँदै
तस्बिर: बिजमाण्डू

नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरिँदै छ।

घटस्थापनाका लागि आज बिहान ११ बजेर ४७ मिनेटमा शुभ साइत छ। आजका दिन घरघरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरिन्छ। त्यसपछि दुर्गा देवीको पूजा आराधना गरी जमरा राखेर घटस्थापना गरिन्छ।

घटस्थापनासँगै आजदेखि नौ दिनसम्म नवदुर्गाको विशेष पूजा आराधना गरिनेछ।

बडादसैँ हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिपूर्वक सुरु हुन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइन्छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार