बुढीगण्डकीमा ठूलो बाढी: सल्लेरी बजार बगाएको, जगत बजारमा पनि ठूलो क्षति

गोरखाको बुढीगण्डकी नदीमा आज बिहान ठूलो बाढी आएको छ। प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर प्राप्त भएको हो। बाढीबाट मानवीय क्षति भएको जानकारी भने प्राप्त भएको छैन।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ। केही सञ्चारमाध्यमका अनुसार चुमनुब्री–६ मा उग्युलुङ खोला थुनिएपछि बाढी आएर बुढीगण्डकीको बहाव बढेको हो।
स्थानीय विशाल घलेका अनुसार लेदोसहितको बाढीले सल्लेरी बजार बगाएको छ भने जगत बजारमा पनि ठूलो क्षति पुर्याएको छ। केही घर बगाएको आशंका पनि गरिएको छ।
नदी किनारका जगत, सल्लेरी, सिर्दिबास, खोर्लाबेशी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई माइकिङ तथा फोनमार्फत सुरक्षित स्थानमा सर्न भनिएको छ। सरकारले सिर्दिबासदेखि आरुघाटसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

