२५ असोज २०८३ English
English

कांग्रेस मतगणना: उपसभापतिमा चन्द्रकान्त भण्डारी, महामन्त्रीमा प्रदीप पौडेल अगाडि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस मतगणना: उपसभापतिमा चन्द्रकान्त भण्डारी, महामन्त्रीमा प्रदीप पौडेल अगाडि
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ। रातभर मतगणना हुँदा पनि मतगणना सुस्त देखिएको छ।

आइतबार बिहान ६:२३ बजेसम्म १ हजार २२९ मतपत्र गणना भएका छन्, जसमध्ये ५ मत बदर भएका छन्।

उपसभापतिको खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा डा. चन्द्रकान्त भण्डारीले भारी मतको अग्रता लिएका छन्। खबरहबका अनुसार भण्डारीले ६४३ र मधु आचार्यले ३६२ मत पाएका छन्।

महामन्त्रीको खुलातर्फ दुई पदमा प्रदीप पौडेल र अमरसिंह पुन मगर अगाडि छन्। महामन्त्रीको महिलातर्फ डा. डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार