देशका हिमाली र पहाडी भूभागमा आज वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ।
महाशाखाका अनुसार हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, आजदेखि देशभरको मौसममा सुधार आउने पनि महाशाखाले जनाएको छ।
बडादसैँ सुरु भएसँगै धेरैजसो मानिस यात्रामा निस्किने समयमा हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
