२४ असोज २०८३ English
English

आज पहाडमा मेघगर्जनसहित वर्षा, भोलिदेखि मौसममा सुधार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आज पहाडमा मेघगर्जनसहित वर्षा, भोलिदेखि मौसममा सुधार

YouTube मा सब्स्क्राइब

जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी र हिमाली भागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने र भोलिदेखि मौसममा सुधार आउने पूर्वानुमान गरेको छ। देशमा अहिले मनसुनी वायु र पश्चिमी न्यून चापीय प्रणाली दुवैको प्रभाव रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली थोरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका एक-दुई स्थानमा पानी पर्ने सम्भावना छ।

तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्छ। आज ठूलो पानी नपर्ने र वर्षाको क्रम घट्दै जाने मौसमविद् निष्ठा निरौलाले बताउनुभएको छ। काठमाडौँमा तापक्रम २५ देखि २७ डिग्री सेल्सियस र वर्षाको सम्भावना ४० प्रतिशत छ।

पोखरामा तापक्रम २७ देखि २८ डिग्री सेल्सियस रहनेछ। भोलि तराईमा मौसम मुख्यतया सफा रहनेछ भने केही भागमा बिहानपख हुस्सु लाग्न सक्छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपात हुन सक्छ।

स्रोत

सम्बन्धित समाचार