२३ असोज २०८३ English
English

कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तस्बिर: रातोपाटी

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज (शुक्रबार) देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्छ। केही स्थानमा छोटो समय भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

गएराति गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा भएको थियो भने पश्चिमका एक–दुई ठाउँमा छिटपुट पानी परेको थियो।

वायुमण्डल अझै अस्थिर रहेकाले शनिबारसम्म केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार