बूढीगण्डकीको बाढीले आरूघाटको पक्की पुलसहित चार पुल बगायो, गोरखा–धादिङ सम्पर्क टुट्यो

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान ठूलो बाढी आयो। बाढीले आरूघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुलसहित गोरखाका विभिन्न ठाउँका चारवटा पुल बगाएको छ। पुल बगेपछि गोरखा र धादिङबीचको सम्पर्क टुटेको छ।
पक्की पुलका तीन खण्डमध्ये गोरखातर्फको एउटा खण्ड बगेको छ। पुल बगेको विषयमा इलाका प्रहरी कार्यालय आरूघाटले पनि जानकारी दिएको छ।
उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएको हो। बाढीले नदीको पानीको सतह खतराको तहभन्दा धेरै माथि पुर्याएको थियो।
बाढीको जोखिम देखेर आरूघाट बजार खाली गराइएको छ। त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


