२५ असोज २०८३ English
English

साउदीमा तनाव: हिमालय एयरलाइन्सले काठमाडौँ–दमाम उडान रद्द गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
साउदीमा तनाव: हिमालय एयरलाइन्सले काठमाडौँ–दमाम उडान रद्द गर्‍यो
तस्बिर: क्लिकमाण्डू

साउदी अरबमा बढेको तनावका कारण काठमाडौँबाट दमामका लागि तय गरिएको उडान रद्द भएको छ। हिमालय एयरलाइन्सले यो रुटको उडान रद्द गरेको जनाएको छ।

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको असर नेपाली उडान सेवामा पनि परेको हो। यात्रुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर उडान रद्द गरिएको कम्पनीले जनाएको छ।

साउदी नागरिक उड्डयन निकायका अनुसार रियाद विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

साउदी अरबमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेकाले त्यहाँ जाने उडानमा प्रायः नेपाली यात्रु हुन्छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार