२६ असोज २०८३ English
English

नेपाल पुलिस क्लब कर्णाली प्रिमियर लिग विजेता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल पुलिस क्लब कर्णाली प्रिमियर लिग विजेता

YouTube मा सब्स्क्राइब

नेपाल पुलिस क्लबले कर्णाली प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकु खेलमैदानमा आइतबार भएको फाइनलमा पुलिसले देवीदत्त बटालियनलाई ८ रनले हराएको हो। पहिले ब्याटिङ गर्दै पुलिसले २० ओभरमा १४८ रन बनाएको थियो।

पुलिसका कमल विष्टले ५७ रनको अर्धशतकीय पारी खेलेका छन्। लक्ष्य पछ्याएको देवीदत्त २० ओभरमा १४० रनमा रोकिएको छ। देवीदत्तका भूपेन्द्र दमाईले सर्वाधिक ६१ रन बनाए पनि टोलीले जित निकाल्न सकेन।

विजेता पुलिसले १ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता देवीदत्तलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। असोज २० गतेदेखि सुरु भएको प्रतियोगितामा ११ टोली सहभागी थिए। 'जुम्ला पनि अब खेल्छ, हिमालको फेदमनि' भन्ने नारासहित आयोजित प्रतियोगितामार्फत जुम्लालाई क्रिकेटको नयाँ गन्तव्यका रूपमा चिनाउने प्रयास गरिएको छ।

स्रोत

सम्बन्धित समाचार