जिबुटीको तटमा डुंगा पल्टियो: १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

अफ्रिकी मुलुक जिबुटीको तटमा डुंगा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ। दुर्घटनामा परेका अन्य ११६ जना बेपत्ता छन्।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुंगा ओबोक सहरको उत्तरतर्फ पल्टिएको थियो।
डुंगामा सवार ३५० जनामध्ये १०९ जनाको मृत्यु पुष्टि भएको छ भने ११६ जना बेपत्ता रहेको आईओएमले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


