२५ असोज २०८३ English
English

बूढीगण्डकी बाढी: सेनाले ४९ जनाको उद्धार गर्‍यो, भेडीगोठमा रहेका ५ जना अझै सम्पर्कविहीन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बूढीगण्डकी बाढी: सेनाले ४९ जनाको उद्धार गर्‍यो, भेडीगोठमा रहेका ५ जना अझै सम्पर्कविहीन
तस्बिर: अर्थ सरोकार

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ। सेनाले आइतबार सूचना जारी गरेर यसबारे जानकारी दिएको हो। बाढी प्रभावित क्षेत्रमा फसेकालाई सुरक्षित स्थानमा पुर्‍याउन सेनाले हेलिकप्टर परिचालन गरेको छ। उद्धारमा ड्रोन पनि प्रयोग गरिएको छ।

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलामा आएको बाढीपछि गएको पहिरोमा परेर पाँच जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रेस नोटअनुसार चुम्चेतको उङ्गिलुङका भेडीगोठमा रहेका २ महिला र ३ पुरुष सम्पर्कविहीन छन्।

लोक्पा र चुम्लिङबीच खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा बाढी आएको थियो। खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

बाढीले घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार