हुम्लाका ४८ बस्ती बाढीपहिरोको उच्च जोखिममा

हुम्लाका सातवटै गाउँपालिकाका चार दर्जनभन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ। स्थलगत अनुगमनमा पुगेको टोली र गाउँपालिकाहरूको सिफारिसका आधारमा उक्त योजना तयार पारिएको हो। भिरालो जमिनमा घर बनाएर बसोबास गरिएकाले वर्षा हुँदा ती बस्तीमा पहिरोको खतरा बढ्ने गरेको छ।
स्थानीयको माग अनुसार लिमी क्षेत्रका तीनवटा बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम अघि बढिसकेको छ। अन्य जोखिमयुक्त बस्तीलाई पनि स्थानीयसँग छलफल गरेर स्थानान्तरण गर्ने प्रयास थालिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


