२६ असोज २०८३ English
English

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सुरु

YouTube मा सब्स्क्राइब

चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक सुविधासम्पन्न नयाँ भवनबाट सेवा दिन थालेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार उक्त भवनको उद्घाटन गर्नुभएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको करिब साढे १४ करोड रुपैयाँ लगानीमा बनेको भवनमा १५ शय्या छन्।

अस्पताल यसअघि पुरानो भवनबाट चल्दै आएको थियो। इच्छाकामनासँगै गोरखा र धादिङका विभिन्न स्थानीय तहका बासिन्दा पनि यहाँ सेवा लिन आउने गरेको अध्यक्ष गुरुङले बताउनुभएको छ। सरकारले आर्थिक वर्ष २०७९ मा यो अस्पतालका लागि ३० जना कर्मचारीसहितको नमुना दरबन्दी स्वीकृत गरेको थियो।

हाल आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा थप दुई मेडिकल अधिकृतसहित ३० जना जनशक्ति कार्यरत छन्। अस्पतालबाट चौबीसै घण्टा आकस्मिक, प्रसूति र एम्बुलेन्स सेवा उपलब्ध छ।

स्रोत

सम्बन्धित समाचार