बूढीगण्डकी बाढी: मनास्लु हिँडेका १०० भन्दा बढी विदेशी पर्यटक बीचमै रोकिए

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले पदमार्गमा क्षति पुर्याएपछि मनास्लु संरक्षण क्षेत्रतर्फ हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचमै रोकिएका छन्। रोकिनेमा १०० भन्दा बढी विदेशी पर्यटक छन्।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा छन्। उनीहरूको उद्धारका लागि पहल भइरहेको उनले जानकारी दिए।
भोटेकोशी बाढीले लाङटाङ क्षेत्रको ट्रेकिङ ठप्प भएको डेढ महिनापछि पर्यटकीय सिजनमै मनास्लु क्षेत्रको ट्रेकिङ पनि विपद्का कारण प्रभावित भएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


