कांग्रेस मतगणना: भण्डारी र पौडेलको अग्रता कायमै, पूरा नतिजा आउन एक हप्ता लाग्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। ५ हजार ५०० मत गणना हुँदा पनि दुवैले आफ्नो अग्रता कायमै राखेका थिए। समावेशीतर्फ विनोद चौधरी फेरि पहिलो स्थानमा उक्लिएका छन्।
६ हजार मत गणना हुँदा भण्डारीले ३ हजार १०६ र पौडेलले ३ हजार ४९४ मत ल्याएका छन्। रातोपाटीले यी दुवैको जित निश्चित भएको जनाएको छ।
आइतबार साँझदेखि सहमहामन्त्री खुला, सहमहामन्त्री (महिला) र महिला केन्द्रीय सदस्य खुलाको मतगणना पनि सुरु भएको छ। सभापति, वरिष्ठ उपसभापति र महिला उपसभापति निर्विरोध निर्वाचित भइसकेका छन्। सम्पूर्ण मतपरिणाम आउन एक हप्ता लाग्ने बताइएको छ।
यसैबीच, मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


