२५ असोज २०८३ English
English

बूढीगण्डकी बाढी: बेपत्ताको खोजी तीव्र बनाउन संसदीय विशेष समितिको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बूढीगण्डकी बाढी: बेपत्ताको खोजी तीव्र बनाउन संसदीय विशेष समितिको आग्रह
तस्बिर: अनलाइनखबर

संसदीय विशेष समितिले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिप्रति चिन्ता व्यक्त गरेको छ। गणेश पराजुली सभापति रहेको समितिले उद्धार कार्य तीव्र बनाउन सरकारलाई आग्रह गरेको हो।

समितिले बाढीमा बेपत्ता भएकाहरूको खोजकार्य तीव्र बनाउन पनि सरकारलाई आग्रह गरेको छ।

यसैगरी, विपद्पछिको अवस्थामा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणाली व्यवस्थित बनाउन समितिले सरकारलाई सुझाव दिएको छ। समितिको आइतबार (असोज २५) को छलफलमा हिमालमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका विषय पनि उठेका थिए।

आइतबार बिहान आएको बाढीले गोरखाका विभिन्न स्थानमा घर, पुल र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार