२५ असोज २०८३ English
English

बूढीगण्डकी बाढी: ९५ जनाको उद्धार, ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बूढीगण्डकी बाढी: ९५ जनाको उद्धार, ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त
तस्बिर: नेपाल लाइभ

गोरखाको बूढीगण्डकी नदीमा आइतबार आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको हो।

उद्धार गरिएकामध्ये ९ विदेशीसहित ३५ जनालाई काठमाडौँ ल्याइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ। बाढीमा परेका पाँच जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीले आइतबार साँझ ६ बजेसम्मको विवरणमा २६ घर र चार पुल बगेको जनाएको थियो।

चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा आइतबार बिहान सुक्खा पहिरो खसेपछि बूढीगण्डकीमा लेदोसहितको बाढी आएको थियो। बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ। उत्तरी गोरखाका सयभन्दा बढी घरगोठ बगेको समाचार पनि आएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार