२६ असोज २०८३ English
English

पोखरा स्कुल बस दुर्घटना: उपचार र राहतमा सहमतिपछि तीन मृतकको अन्त्येष्टि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पोखरा स्कुल बस दुर्घटना: उपचार र राहतमा सहमतिपछि तीन मृतकको अन्त्येष्टि
तस्बिर: थाहाखबर

कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आज साँझ अन्त्येष्टि गरिएको छ।

घाइतेको उपचार र पीडितलाई राहत दिनेविषयमा सहमति भएपछि मृतकको अन्त्येष्टि गरिएको हो।

यसैबीच, दुर्घटनामा गम्भीर घाइते अश्मि कँडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ। उनलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौं पठाइएको हो।

शुक्रबार बिहान ओख्ले क्षेत्रको भिरमा स्कुल बस दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अन्य घाइते भएका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार