२६ असोज २०८३ English
English

बूढीगण्डकी बाढी: आरुघाटमा बेलिब्रिज जडानको तयारीमा सेनाको टोली खटियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बूढीगण्डकी बाढी: आरुघाटमा बेलिब्रिज जडानको तयारीमा सेनाको टोली खटियो
तस्बिर: क्लिकमाण्डू

गोरखामा बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पक्की मोटरेबल पुल बगाएपछि आरुघाटतर्फको सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ।

पुल बगेको स्थानमा 'बेलिब्रिज' जडान गर्ने तयारीका लागि नेपाली सेनाको टोली खटिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले यसबारे जानकारी दिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले आरुघाटमा बेलिब्रिज जडानको तयारी थालिसकिएको बताएका छन्। उनले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेका छन्।

यसैबीच जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ। केन्द्रले बाढीसम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार